१७ दिनदेखि वेपत्ता मेजर पण्डितको शव फेला

१७ दिनदेखि वेपत्ता मेजर पण्डितको शव फेला

डोल्पा : १७ दिन देखि हराइरहेका नेपाली सेनाका मेजर विमल पण्डितको शव  फेला परेको छ।

डोल्पाको नन्द बक्स ब्यारेकमा कार्यरत ३८ वर्षीया पण्डितको शव त्रिपुराकोट नगरपालिका–५ चिन्डेबगरस्थित भेरी नदीमा फेला परेको प्रहरीले जनाएको छ।

काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिका डाछी घर भएका मेजर पण्डित सम्पर्कविहीन बनेका थिए। 

उनको शव १७ दिनपछि भेटिएको प्रहरी चौकी त्रिपुराकोटका प्रहरी नायव निरीक्षक रुद्रबहादुर शाहीले बताए।

मेजरको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोल्पामा राखिएको छ। । ’इभिनिङ वाक जान्छु’ भन्दै गत भदौ १० गते उनी ब्यारेक बाहिर निस्किएका थिए। 

भदौ २६, २०८० मंगलबार १७:४८:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।