काठमाडौंबाट तीनजना जुवाडे पक्राउ

काठमाडौंबाट तीनजना जुवाडे पक्राउ
फाईल फोटो

काठमाडौं : जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट प्रहरीले तीन जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको भोटेवहालस्थित दैलेख भगवतीमाई गाउँपालिका–६ घर भएका ३५ वर्षीय हिक्मत थापाले सञ्चालन गर्दै आएको होटेल रोटोमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं टेकु बस्ने दैलेख भगवतीमाई गाउँपालिका–६ घर भएका २२ वर्षीय लक्ष्क्षीराम रोकायासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ७१ हजार २ सय रूपैयाँ र १६ बुक ताससहित पक्राउ गरेको जनाएकाे छ।

यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

भदौ २६, २०८० मंगलबार १७:३२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।