एसिया कपमा भारत : ११ रन जोड्दा भारतको तीन विकेट गुमेपछि...
काठमाडौं : एसिया कप अन्तर्गत सुपर फोर अन्तरगतको खेलमा भारतको तीन विकेट पतन भएको छ।
भारतक लागि कप्तान रोहित शर्मा, शुभमन गिल र विराट कोहली पेभेलियन फर्किएन। शर्माले ५३, गिलले १९ र कोहलीले ३ रन जोडे।
एघारौं ओभरको अन्त्यसम्म विनाविकेट क्षतिमा ८० रन बनाएको भारतले त्यसपछिका ११ रन जोड्दा तीन गुमायो।
बाह्रौं ओभरको पहिलो बलमा शुभमन गिल आउट हुँदा चौधौं ओभरको पाँचौं बलमा विराट कोहली पेभेलियन फर्किए। त्यसैगरी सोह्रौं ओभरको पहिलो बलमा कप्तान शर्मा आउट भए।
अहिले क्रिजमा इसान किसान र केएल राहुल छन्।
भदौ २६, २०८० मंगलबार १६:४६:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।