एक किलाे अबैध सुनसहित काठमाडौंबाट तीन जना पक्राउ

एक किलाे अबैध सुनसहित काठमाडौंबाट तीन जना पक्राउ

काठमाडौं : जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दुबईबाट झण्डै एक किलो सुन तस्कर गरेर ल्याउने कार्यमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। 

मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पास भएर लैजान लागिएको ९ सय ६० ग्राम सुनसहित काभ्रेकाे खानीखोला गाउपालिका-३ घर भएका २८ बर्षीय बाबुलाल दोङलाई पक्राउ गरेको प्रहरीले उनको बयानका आधारमा अन्य दुई जनालाई पनि पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरुमा काभ्रेकाे रोशी गाँउपालिका-३ घट्टेखोला घर भएका जगत लामा र काभ्रेकाे महाभारत गाँउपालिका-३ सानो पोखरा घर भई हाल बनेपा बस्ने वर्ष ३६ बर्षीय  मिङमा दोर्जे स्यान्तानलाइ प्रहरीले पक्राउ गरेकाे हाे।

उनिहरुको साथबाट एक थान हिमालयन एयरलाईन्सको टिकट, राहदानी , मोबाइल , बागमती प्रदेश ०१ २७ प. च. ९९६० नं.को क्रेटा गाडी र बागमती प्रदेश ०२ ०३० प.८५१७ नं.को कालो रंगको बुलेट मोटरसाईकल पनि बरामत गरिएको प्रहरी परिसर काठमाडौंले जनाएकाे छ। 

तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएकाे छ।

भदौ २६, २०८० मंगलबार १६:४४:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।