बाबर आजमलाई तेस्रोपटक आईसीसी अवार्ड
काठमाडौं : पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजमले अगस्ट २०२३ को अवार्ड जित्दै तेस्रो पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसी पुरुष खेलाडीको अवार्ड जितेका थिए।
एकदिवसीय खेलाडीको सूचीमा शीर्ष स्थानमा रहेको बाबर आजमले गत महिना आफ्नो असाधारण लयलाई कायम राख्दै अगस्ट महिनाको आईसीसी पुरुष प्लेयर अफ द मन्थको उपाधि हात पारे।
बाबरले सहकर्मी शादाब खान र वेस्ट इन्डिजका हार्ड हिटर निकोलस पूरनलाई पछि पार्दै तेस्रो पटक अवार्ड जितेका हुन्।
बाबरले यो सम्मान स्वीकार गर्न पाउँदा रोमाञ्चित भएको बताए।
‘म अगस्ट २०२३ को लागि आईसीसी प्लेयर अफ द मन्थ घोषित हुन पाउँदा खुसी छु,’ उनले भने, ‘बितेको महिना मेरो टोली र मका लागि असाधारण रह्यो किनकि हामीले केही उत्कृष्ट प्रदर्शन गरेका छौँ। एसिया कप यति लामो समयपछि पाकिस्तानमा आउँदा, मुल्तान र लाहोरको भावुक र क्रिकेटप्रेमी भीडको अगाडि खेल्न पाउनु एकदमै खुशीकाे अनुभूति थियो।’
बाबारले मुल्तानमा नेपालविरुद्ध १५० भन्दा बढीको दोस्रो एकदिवसीय स्कोर बनाएका थिए। उनी यस महिना क्रिकेटरको रूपमा एकदमै सुखद् रह्यो। उनले ५० ओभरको खेलमा उत्कृष्ठ प्रदर्शन गरे।
भदौ २६, २०८० मंगलबार १६:०७:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।