‘नाडा अटो शो’ को उद्घाटन गर्दै अर्थमन्त्री महतले भने, ‘नेपालको अर्थतन्त्र सुधार हुँदैछ’

‘नाडा अटो शो’ को उद्घाटन गर्दै अर्थमन्त्री महतले भने, ‘नेपालको अर्थतन्त्र सुधार हुँदैछ’

काठमाडौं : अर्थमन्त्री प्रकशशरण महतले अर्थतन्त्र सुधार हुँदै गएको बताएका छन्।

राजधानी काठमाडौंमा गाडीहरुको कुम्भ मेला ‘नाडा अटो शो’ को उद्घाटन गर्दै उनले देशको अर्थतन्त्रमा सुधार हुँदै गइरहेको बताएका हुन्।

‘घरजग्गाको कित्ताकाट खुलेकोले अब अर्थतन्त्र सहज हुँदै जानेछ। निजी क्षत्रलाई विश्वासमा लिएर नै हामी काम गर्नेछौं। सबै तिरबाट सुधार हुँदैछ,’ उनले भने।

नेपाल राष्ट्र बैंकले ससानो कुरामा हस्तक्षेप गरेको मन्त्री महतको भनाइ छ। 

यस्तै, नाडाका अध्यक्ष ध्रुब थापाले सरकारले अटोलाई विलासीको वस्तुको रुपमा हेरेकोले समस्या भएको बताए। 

भदौ २६, २०८० मंगलबार १६:०३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।