सोमबार ४४ अंकले बढेको नेप्सेमा मंगलबार दोहोरो अंकको गिरावट

सोमबार ४४ अंकले बढेको नेप्सेमा मंगलबार दोहोरो अंकको गिरावट

काठमाडौं : सोमबार ४४ अंकले बढेको नेप्से कारोबार हुने साताको तेस्रो दिन दोहोरो अंकले ओरालो लागेको छ।

मंगलबार नेप्से १९.४२ अंकले ओरालो लागेर १९६७.५७ विन्दुमा झर्दा सेन्सेटिभ परिसूचक २.५० विन्दुले झरेर ३७९.१४ विन्दुमा आइपुग्यो।

कारोबार उपसूचकहरू पनि म्युचल फन्डबाहेक सबै ओरालो लागेका छन्। म्युचल फन्ड पनि ०.०४ प्रतिशतले मात्रै उकालो लागेको छ। सबैभन्दा बढी होटल तथा पर्यटन १.९८ प्रतिशतले घट्यो।

बजार घट्दा त्यसको असर कारोबार रकममा पनि देखिएको छ। सोमबार डेढ अर्बको कारोबार भएको बजारमा मंगलबार २७६ कम्पनीका ३९ लाख १६ हजार १६१ कित्ता शेयर किनबेच गर्दा १ अर्ब १३ करोड ५० लाखको कारोबार गरेको छ।

मंगलबार शुभम पावर लिमिटेडको शेयरमा सकारात्मक सर्किट लाग्दा थ्रीस्टार हाइड्रोपावरमा नकारात्मक सर्किट लागेर १० प्रतिशतले ओरालो लाग्यो।

कारोबारका हिसाबले नेपाल एसबीआई बैंक ७ करोड ५६ लाखसहित पहिलो स्थानमा रहँदा ६ करोड ३५ लाख कारोबार गर्दै शिवम् सिमेन्ट दोस्रो स्थानमा छ।

भदौ २६, २०८० मंगलबार १५:१०:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।