एसियाली खेलकुद : पुरुष क्रिकेटको खेलतालिका परिवर्तन, नेपालले अब माल्दिभ्स र मंगोलियासँग भिड्ने

एसियाली खेलकुद : पुरुष क्रिकेटको खेलतालिका परिवर्तन, नेपालले अब माल्दिभ्स र मंगोलियासँग भिड्ने

काठमाडौं : एसियाली खेलकुदअन्तर्गतको पुरुष क्रिकेटको खेलतालिका परिवर्तन भएको छ।

बहराइनले प्रतियोगिताबाट नाम फिर्ता लिएसँगै खेलतालिका परिवर्तन भएको हो। प्रतियोगितामा अब नेपालले माल्दिभ्स र मंगोलियालाई समूह चरणको प्रतिद्वन्दीको रुपमा पाएको छ।

नयाँ खेलतालिकामा नेपाल समूह ‘ए’ मा रहेको छ। यसअघि नेपालले जापान र कम्बोडियासँग खेल्ने तय भएको थियो।

समूह ‘बी’मा कम्बोडिया, जापान र हङकङ, समूह ‘सी’मा मलेसिया, सिंगापुर र थाईल्यान्ड रहेका छन्।

यसअघि समूह चरण खेल्ने तय भएको पूर्ण सदस्य राष्ट्र अफगानिस्तान क्वाटरफाइनलमा प्रवेश गरेको छ।

अब नेपालले १० असोजमा मंगोलियाविरुद्ध र १४ असोजमा माल्दिभ्सविरुद्ध खेल्नेछ।

समूह चरणमा शीर्ष स्थानमा रहने टोली क्वाटरफाइनलमा स्थान गर्ने छ। भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले सिधा क्वाटरफाइनलमा स्थान बनाएका छन्।

१६ देखि १७ असोजमा क्वाटरफाइनल खेल हुनेछन् भने १९ असोजमा सेमिफाइनल र २० असोजमा फाइनल खेल हुनेछ।

भदौ २६, २०८० मंगलबार १५:०१:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।