संयुक्त राष्ट्रसङ्घीय कार्यक्रममा सहभागि हुन परराष्ट्रमन्त्री साउद न्यूयोर्क प्रस्थान

संयुक्त राष्ट्रसङ्घीय कार्यक्रममा सहभागि हुन परराष्ट्रमन्त्री साउद न्यूयोर्क प्रस्थान
फाईल फोटो

काठमाडौं : परराष्ट्र मन्त्री नारायणप्रकाश साउद अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन्।

संयुक्त राष्ट्रसङ्घीय शान्ति निर्माण आयोगले यही सेप्टेम्बर १४ तारिखमा आयोजना गर्न लागेको ‘शान्ति निर्माणमा शिक्षाको भूमिका’ कार्यक्रममा सहभागी हुन उनि मंगलबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

नेपाल हाल संयुक्त राष्ट्रसङ्घीय शान्ति निर्माण आयोगको सदस्य रहेको छ।

उक्त कार्यक्रमपश्चात मन्त्री साउद प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा हुने संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा सहभागी  हुने बताइएको छ। 

भदौ २६, २०८० मंगलबार १४:२०:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।