झन्डै ९ किलो चरेससहित दार्चुलाबाट २ जना पक्राउ

झन्डै ९ किलो चरेससहित दार्चुलाबाट २ जना पक्राउ

बैतडी : झन्डै नौ किलो चरेसहित दार्चुलाबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।  

पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाकी ३५ वर्षीया भावना धामी र ४४ वर्षीय जयबहादुर धानुक रहेका छन्। 

आठ किलो आठ सय ५० ग्राम चरेससहित उनिहरुलाई जिल्लाको शैल्यशिखर नगरपालिका–९ नायलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। 

उनका अनुसार धामीको साथबाट छ किलो र धानुकको साथबाट दुई किलो आठ सय ५० ग्राम चरेस बरामद गरिएको हो ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वर र जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट चरेस बरामद गरेको हो। 

भदौ २६, २०८० मंगलबार १३:५१:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।