एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार शंकर विश्वकर्माको निधन

एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार  शंकर विश्वकर्माको निधन

काठमाडौं :एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्माको निधन भएको छ।

हृदयाघातबाट पिडित विश्वकर्माको उपचारका क्रममा जावलाखेलस्थित अल्का अस्पतालमा मंगलबार बिहान निधन भएको जनाइएको छ। 

उनको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय आलोकनगरमा राखिएको छ। 

पार्टी अध्यक्ष माधव कुमार नेपालले नेता विश्वकर्मालाई श्रद्धाञ्जली दिँदै भनेका छन्, ‘उहाँले कम्युनिष्ट आन्दोलन, नेपालको मुक्ति आन्दोलन र काठमाडौंमा रहेका रौतहटवासीका बीच निर्वाह गर्नुभएको राजनीतिक तथा सामाजिक कार्यलाई हामी सदैव सम्मानपूर्वक सम्झिरहनेछौं।’

पारिवारिक स्रोतका अनुसार उनको आजै दाहसंस्कार गरिने छ।

भदौ २६, २०८० मंगलबार १३:३७:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।