वीपी साहित्य महोत्सवका सबै कार्यक्रम स्थगित

वीपी साहित्य महोत्सवका सबै कार्यक्रम स्थगित

काठमाडौं : नेपाली कांग्रेसले आयोजना गरिरहेको वीपी साहित्य महोत्सव,२०८० अन्तर्गत अन्तिम दिन आज (मंगलबार)को कार्यक्रम स्थगित गरेको छ।

संविधानसभा अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण  कार्यक्रम स्थगित गरिएको कार्यक्रम संयोजक तथा कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए।

वीपी साहित्य महोत्सव तयारी समितिका संयोजब समेत रहेका पाण्डेको अध्यक्षतामा बसेको बैठकले नेता नेम्वाङको आत्माकाचिर शान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै एक मिनेट मौन धारण गरेको छ।

आज स्थगित कार्यक्रम कहिले गर्ने भन्नेबारे पछि निर्णय गरिने उनले बताए।

भदौ २६, २०८० मंगलबार १२:४०:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।