ब्राण्ड गाडीहरुको कुम्भ मेला ‘नाडा अटो शो’ सुरु (फोटो फिचर)

ब्राण्ड गाडीहरुको कुम्भ मेला ‘नाडा अटो शो’ सुरु (फोटो फिचर)

काठमाडौं :काठमाडौंको भृकुटीमण्डपमा गाडीहरुको कुम्भ मेला ‘नाडा अटो शो’ सुरु भएको छ।

भदौ ३१ गतेसम्म चल्ने अटो सोको अर्थमन्त्री डा. प्रकाशशरण महतले आज (मंगलबार) भव्य समारोहकाबीच समुद्घाटन गरेका छन्।  

अटो शोमा १२० वटा स्टल रहेका छन्। जसमा १६ वटा चारपांग्रे, २२ वटा दुईपांग्रे, ७ वटा कमर्सियल गाडी, ३० वटा लुब्रिकेन्टस्, पार्टस्, ब्याट्री लगायतका उपकरण रहेको नाडाका अध्यक्ष ध्रुब थापाले जानकारी दिए।

अटो शोमा विभिन्न कम्पनीले नयाँ गाडी सार्वजनिक गर्दै छन् भने केहीले हालै सार्वजनिक गरेका गाडी प्रदर्शनीमा राख्ने छन्।

चारपांग्रेमा विद्युतीय गाडीको बाहुल्य रहेको अटो शोमा २० अर्ब बढीको बुकिङ तथा कारोबार हुने नाडाको अनुमान छ।

नाडा अटो शोमा प्रवेशका लागि २०० रुपैयाँ टिकट तोकिएको छ। विद्यार्थीले भने १५० रुपैयाँमै टिकट पाउनेछन्।

फोटो फिचर :

भदौ २६, २०८० मंगलबार १२:५६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।