सुन तस्करी प्रकरण : अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउँदै सीआईबी

सुन तस्करी प्रकरण : अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउँदै सीआईबी

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले आज हङकङबाट आएको ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउँदैछ।

पक्राउ परेकाहरुलाई थुनामा राख्ने हद म्याद सकिन लागेका कारण सीआईबीले मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको हो। 

काठमाडौंको सिनामङ्गलबाट राजश्व अनुसन्धान विभागले सुन नियन्त्रणमा लिएपछि पक्राउ परेकाहरुलाई हिरासतमा राखेको मंगलबार ५६ दिन पुगेको छ। 

पक्राउ गरेको दुई महिना अर्थात ६० दिनभित्र अदालतमा अभियोग दर्ता गरिसक्नुपर्ने कानुनि प्रावधान  अनुसार यही भदौ ३० गतेभित्र मुद्दा दर्ता गरिसक्नुपर्नेछ।  

सो प्रकरणमा अहिलेसम्म चिनियाँ, भारतीय र नेपाली गरी ३० जना प्रहर हिरासतमा रहेका छन्। 
 

भदौ २६, २०८० मंगलबार ११:४१:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।