टोखा–छहरे सुरुङमार्ग निर्माणमा चिनियाँ सहयोग खोजिनेछ : अर्थमन्त्री महत

टोखा–छहरे सुरुङमार्ग निर्माणमा चिनियाँ सहयोग खोजिनेछ : अर्थमन्त्री महत

नुवाकोट : अर्थमन्त्री डा. प्रकाशशरण महतले काठमाडौंको टोखादेखि नुवाकोटको शिवपुरी आवतजावत लागि निर्माण गर्न लागिएको ‘टोखा छहरे सुरुङमार्ग’लाई सरकारको राष्ट्रिय गौरव र प्राथमिकता प्राप्त आयोजनाका रूपमा अगाडि बढाइने बताएका छन्।

सुरुङमार्गको वातावरणीय प्रभाव मूल्याङ्कन सुरु गर्न सोमबार अर्थमन्त्री महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो लगायतले स्थलगत अवलोकन एवं निरीक्षण गरेका छन्।

‘सुरुङमार्ग निर्माण अघि बसिसकेकाले कामलाई तीव्र बनाउन देखापर्ने समस्या समाधान गर्न संयुक्त रूपमा लागेका छौँ,’ निरीक्षणपछि अर्थमन्त्री महतले भने, ‘प्रधानमन्त्रीसहितको नेपाली पक्षको आसन्न चीन भ्रमणमा सुरुङ निर्माणमा चिनियाँ सहयोग खोजिनेछ।’

सुरुङमार्ग निर्माणका लागि चालु आर्थिक वर्षमा रु एक अर्ब २५ करोड विनियोजन गरिएको र बाँकी स्रोतको व्यवस्थापनका लागि जतिसक्दो छिटो इआइए सुरु गर्न विषयगत मन्त्रालयको तर्फबाट अनुगमन गरिएको महतले जानकारी दिए।

चीन सरकारको सहयोगमा यसअघि गरिएको सुरुङमार्गको प्रारम्भिक अध्ययनमा ‘उपयुक्त हुने’ देखिएकाले काम सुरु गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए।

भदौ २६, २०८० मंगलबार ११:३८:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।