मधेश प्रदेशसभा सदस्य विन्दु कुमारी यादवको निधन

मधेश प्रदेशसभा सदस्य विन्दु कुमारी यादवको निधन

जनकपुर : जनता समाजवादी पार्टी (जसपा) की केन्द्रीय सदस्य एवम् मधेश प्रदेश सांसद विन्दु कुमारी यादवको ४४ वर्षको उमेरमा निधन भएको छ। 

पाठेघरको मुखको क्यान्सरबाट पीडित यादवको आज बिहान ८:३० बजे प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका निर्देशक एवम् स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रामनरेश पण्डितले जानकारी दिए। 

दोस्रो मधेश आन्दोलनमा सक्रिय भूमिका खेलेकी सांसद यावद समानुपातिकबाट सांसद बनेकी थिइन्। 

भदौ २६, २०८० मंगलबार १०:३१:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।