साहित्यकार एवं पत्रकार राजेन्द्र पराजुलीको निधन

साहित्यकार एवं पत्रकार राजेन्द्र पराजुलीको निधन

काठमाडौं : साहित्यकार एवं पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार  पराजुलीको आज बिहान निधन भएको हो।

विभिन्न पत्रिकामा काम गरेका पराजुली कथाकार समेत हुन्। उनको ‘अघोरी’, ‘शुक्रराज शास्त्रीको चस्मा’, ‘जन्तमन्तर’ र ‘कोटेश्वरको केटो’ लगायत कृति प्रकाशित छन्।

उनले राजधानी दैनिक, नेपाल समाचारपत्र, आर्थिक दैनिक, नागरिक, बाह्रखरी, देखापढी, फरक धारसहित विभिन्न टेलिभिजन र एफएममा संवाददाता तथा सम्पादक/सल्लाहकार सम्पादकका रुपमा काम गरेका छन्।

भदौ २६, २०८० मंगलबार ०९:३५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।