रोनाल्डो नभएको खेलमा पोर्चुगलको ९ गोल

रोनाल्डो नभएको खेलमा पोर्चुगलको ९ गोल

एजेन्सी : स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोबिना मैदानमा उत्रेको पोर्चुगलले युरो कप छनोट खेलमा लक्जेमबर्गलाई ९-० गोलको फराकिलो अन्तरले हराएको छ।

निलम्बनका कारण रोनाल्डोले यो खेल खेल्न पाएका थिएनन्। घरेलु मैदानमा पोर्चुगलको जितमा ६ खेलाडीले गोल गरेका थिए।

जहाँ इनासियो, गोन्कालो रामोस, र डिएगो जोटाले २/२ गोल गर्दा डिएगो होर्टा, जो फेलिक्स र ब्रुनो फर्नान्डेजले १/१ गोलको योगदान दिएका थिए। पहिलो हाफमै चार गोल गरेको पोर्चुगलले दोस्रो हाफमा पाँच गोल थपेको थियो।

युरो कप छनोटको समूह ‘जे’मा पोर्चुगल लगातार ६ जितसहित १८ अंक जोडेर पहिलो स्थानमा छ।

भदौ २६, २०८० मंगलबार ०९:०७:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।