नेम्वाङको निधनमा कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

नेम्वाङको निधनमा कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा अध्यक्ष एवं एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्याशित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले स्व. नेम्वाङको निधनले स्तब्ध भएको उल्लेख गर्दै उनको आत्माको चिर शान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे।

नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको गए राति हृदयाघातका कारण निधन भएको थियो।

भदौ २६, २०८० मंगलबार ०७:५३:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।