नेम्वाङको अप्रत्याशित निधनले स्तब्ध भएको छु : राष्ट्रपति पौडेल

नेम्वाङको अप्रत्याशित निधनले स्तब्ध भएको छु : राष्ट्रपति पौडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष  सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएको छन्।

सामाजिक सञ्जालमार्फत पौडेलले दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उनको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका हुन्।

नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको गए राति हृदयाघातका कारण निधन भएको थियो।

भदौ २६, २०८० मंगलबार ०७:४४:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।