नेपाली बजारमा बिवाइडीको ‘फ्यूचरिस्टिक बिवाइडी डल्फिन’ सार्वजनिक, यति पर्छ मूल्य

नेपाली बजारमा बिवाइडीको ‘फ्यूचरिस्टिक बिवाइडी डल्फिन’ सार्वजनिक, यति पर्छ मूल्य

काठमाडौं : नेपालका लागि बिवाइडी अटो इन्डस्ट्रीको आधिकारिक आयातकर्ता एवं वितरक साइमेक्स इंकले बजारमा नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ।

कम्पनीले सोमबार एक कार्यक्रममार्फत ‘फ्यूचरिस्टिक बिवाइडी डल्फिन’ सार्वजनिक गरेको हो।

कम्पनीले बिवाइडीको यो फ्यूचरिस्टिक डल्फिनको सुरुआती मूल्य ३९ लाख ८० हजार तोकेको छ। बिवाइडी डल्फिन नेपाली बजारको बहुप्रतिक्षित ह्याचब्याग सेगमेन्टको विद्युतीय गाडी हो। यो ह्याचब्याग बिवाइडीको ओसियन सिरिजको पहिलो गाडी हो।

बिवाइडी डल्फिनमा ४४.९ किलोवाट आवरको ब्लेड ब्याट्री दिइएको छ। यसले ७ किलोवाटको चार्जर सपोर्ट गर्छ। गाडीलाई एक पटक पूरा चार्ज गर्दा ३४० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ।

बिवाइडी डल्फिनको शुभारम्भले नेपालमा नयाँ ऊर्जा यात्रुवाहक सवारी साधन व्यवसायको क्षेत्रमा कोशेढुंगा सावित भएको कम्पनीकाे दाबी छ।

भदौ २५, २०८० सोमबार १८:४३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।