आइएमई पेमा पहिलोपटक एयरलाइन्स टिकट काट्नेलाई पाँच सय रूपैयाँ छुट
काठमाडौं : डिजिटल वालेट ‘आइएमई पे’ले एयरलाइन्स टिकट खरिद गर्दा प्रोमो कोडको प्रयोग मार्फत पहिलो फ्लाइटमा पाँच सय रूपैयाँ क्यासब्याक दिने भएको छ।
यस अफर न्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत पहिलो पटक टिकट खरिद गर्दा ‘FLYIME’ प्रोमो कोड प्रयोग गरी पाँच सय रूपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन्।
सेवाग्राहीहरूलाई विद्युतीय भुक्तानीमाध्यम मार्फत सहजै एयरलाइन्स टिकट काट्न प्रोत्साहन गर्ने उदेश्यका साथ ल्याइएको यो अफर भदौ २४ देखि सुरु भएको र पहिलो एक हजार योग्य सेवाग्राहीलाई प्रदान गरिनेछ।
यो अफर पहिलो पटक एयरलाइन्स टिकट काट्नेल सेवाग्राहीहरूलाई सीमित अवधिकाका लागि मात्र हो।
भदौ २५, २०८० सोमबार १८:३०:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।