नेपालका चिया, कफी र अलैची इजिष्ट पुर्याउन इच्छुक छु : मन्त्री भुसाल

नेपालका चिया, कफी र अलैची इजिष्ट पुर्याउन इच्छुक छु : मन्त्री भुसाल

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र नेपालका लागि इजिप्टकी राजदूत नोहा हाम्दी अहमद एल्गेबाली बीच भेटघाट भएको छ।

सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भएको भेटमा मन्त्री भुसालले नेपालको उच्च गुणस्तरको चिया, कफी, अलैची जस्ता उत्पादन इजिप्टका जनतासामु पु¥याउन इच्छुक रहेको बताए।

नेपालको कृषि क्षेत्रमा इजिप्टको सहयोग हुने मन्त्री भुसालले विश्वास व्यक्त गरे।

रासायनिक मलको उपलब्धतामा सहजीकरण गर्न सकिने बताएका मन्त्री भुसालले नेपालको कृषि प्राविधिकहरूलाई भविष्यमा विभिन्न प्राविधिक विषयमा तालिम तथा अध्ययनको अवसर उपलब्ध गराउन आग्रह गरे।

भेटमा राजदूत एल्गेबालीले नेपालसँग आफ्नो देशले व्यापारिक साझेदारी गर्न चाहेको बताइन्। साथै नेपालको माग भएमा रासायनिक मल दिनसक्ने जनाइन्।

आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्रमा सहयोग आदानप्रदान गर्दै जानुपर्नेमा जोड दिइन्।

भदौ २५, २०८० सोमबार १८:२०:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।