कोशी प्रदेशको मुख्य न्यायाधीवक्तामा गजेन्द्र आचार्य नियुक्त

कोशी प्रदेशको मुख्य न्यायाधीवक्तामा गजेन्द्र आचार्य नियुक्त

काठमाडौं : कोशी प्रदेशको मुख्य न्यायाधीवक्तामा गजेन्द्र आचार्य नियुक्त भएका छन्।

मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १६०(२) बमोजिम कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले आचार्यलाई मुख्य न्यायाधीवक्तामा नियुक्त गरेका हुन्।

उनलाई उच्च अदालत, विराटनगरका माननीय कायम मुकायम मुख्यन्यायाधीश दिनेश यादवले सोमबार नै पद तथा गोपनीयताको शपथ गराएका छन्।

भदौ २५, २०८० सोमबार १७:४४:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।