गाडीहरुको ‘कुम्भ’ मेला ‘नाडा अटो शो’ भोलिदेखि
काठमाडौं : गाडीहरुकाे ‘कुम्भ’ मेला ‘नाडा अटो शो’ भोलिदेखि सुरु हुँदैछ।
झण्डै ४ वर्षपछि हुन लागेको उक्त सोमा ८२ वटा स्टल रहने आयोजकले जानकारी दिएको छ।
सोमा दुई पाङग्रेको २३ वटा, बैंक तथा वित्तिय संस्थाहरुका ५ वटा, चार पाङ्ग्रे सवारी साधनका १७ वटा र कम्पोनेन्ट, एससरिजहरु, टायर लुब्रिकेन्ट, अटो स्पेयर पार्टसका ३१ वटा स्टलहरु रहने आयोजकले जानकारी दिएको हो।
नाडाका अध्यक्ष ध्रुब थापाले ४ वर्ष पछि हुन लागेको नाडा अटो शोका लागि आयोजक उत्साहित रहेको बताए।
‘गत वर्ष सरकारले अटो कारोबार निषेध नै गर्याे, त्यसभन्दा अघि कोरोनाले गर्दा नाडा अटो शो गर्न पाएका थिएनौँ,’ थपााले भने,‘यो वर्ष हामी उत्साहित छौँ।’
भोलि देखि ६ दिन सम्म नाडा अटो शो काठमाडाौँको भृकुटीमण्डपमा हुनेछ।
भदौ २५, २०८० सोमबार १७:२४:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।