इँटको जवाफ पत्थरले दिन मोर्चाका कार्यकर्तालाई प्रधानमन्त्री प्रचण्डको निर्देशन

इँटको जवाफ पत्थरले दिन मोर्चाका कार्यकर्तालाई प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चाका कार्यकर्तालाइ इँटको जवाफ पत्थरले दिन निर्देशन दिएका छन्।

मोर्चाले सोमबार विराटनगरमा आयोजना गरेको कोसी प्रदेशस्तरीय सनदेशसभालाई सम्बोधन गर्दै उनले गाली गरेको भरमा आएकाहरु पार्टी हुने जस्तो विडम्बना देखिएको बताए।

यस्ता प्रचार गर्नेहरु चाहिं राजनीतिज्ञ जस्तो, अनि जिन्दगीभर जेलनेल, भूमिगत, त्याग गरेर देशमा गणतन्त्र ल्याउनेहरु रक्षात्मक, अलिकति डराए जस्तो देखिएको उनले बताए।

‘नाम त के लिनु र मैले। निरंकुशताका दलालहरु, जसको चरित्र गुण्डाको भन्दा फरक छैन। उनीहरुमध्येकै एकले नेपाली कांग्रेसको सहमहामन्त्र माथि खुकुरी प्रहार गरेको हो,’ उनले भने, ‘अब यो समाजवादी मोर्चाले जहाँ बदमासी हुन्छ, गालीगलौज हुन्छ, त्यो इँटको जवाफ पत्थरले दिने हो। दिनैपर्यो।’

सुदूरपश्चिममा सन्देशसभा गरेलगत्तै बैठक बसेर सडकमा जाने कार्यक्रम बनाउने प्रचण्डको भनाइ छ।

भदौ २५, २०८० सोमबार १७:१०:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।