४४ अंकले बढ्यो नेप्से, कारोबार डेढ अर्बको

४४ अंकले बढ्यो नेप्से, कारोबार डेढ अर्बको

काठमाडौं : कारोबार हुने साताको दोस्रो दिन शेयर बजार परिसूचक नेप्से ४४ अंकले बढेको छ।

सोमबार नेप्से ४४.३० अंकले बढेर १९८६.९९ विन्दुमा पुग्दा सेन्सेटिभ इन्डेक्स ७.७३ अंकले बढेर ३८१.६४ विन्दुमा छ।

कारोबार उपसूचकहरू पनि यसदिन सबै बढेका छन्। सबैभन्दा बढी फाइनान्स समूह ३.६५ प्रतिशतले बढेको देखिन्छ।

यसदिन २७८ कम्पनीका ४७ लाख ४२ हजार ५११ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५१ करोड ८३ लाखको कारोबार भयो।

कारोबारका हिसाबले साल्ट ट्रेडिङ कर्पोरेसन ६ करोड २५ लाखसहित सबैभन्दा पहिलो स्थानमा छ। दोस्रो स्थानमा ५ करोड ७१ लाख रुपैयाँसहित एभरेष्ट बैंक छ। 

भदौ २५, २०८० सोमबार १५:३९:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।