एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, साधारणसभा अनिश्चित

एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, साधारणसभा अनिश्चित

काठमाडौं : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।

असन्तुष्ट पक्षले एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाइ बर्खास्तीको माग गर्दै  अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। 

एन्फामा रहेका कुल ८६ जना सदस्यमध्ये ४९ जनाले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। 

कुल सदस्यको ४० प्रतिशतले अविश्वासको प्रस्ताव दर्ता गराउन सक्ने र दुई तिहाइ बहुमतले अविश्वासको प्रस्ताव पारित गर्नुपर्ने व्यवस्था रहेको छ। 

यस्तै अवस्था रहेमा नेपाली फुटबल समाप्त हुने चिन्ताका कारण अविश्वासको प्रस्ताव दर्ता गराएको उनिहरुको भनाई छ। 

अविश्वासको प्रस्ताव दर्ता भएकै कारण सोमवारका लागि तोकिएको साधारणसभा अनिश्चित जस्तै छ।

भदौ २५, २०८० सोमबार १४:५१:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।