मोरक्कोमा भूकम्पमा परी थप एक सय जनाको मृत्यु, मृतकको संख्या २१ सय नाघ्यो

मोरक्कोमा भूकम्पमा परी थप एक सय जनाको मृत्यु, मृतकको संख्या २१ सय नाघ्यो

एजेन्सी : मध्य मोरक्कोमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी थप एक सय जनाको मृत्यु भएको पुष्टि मोरक्कोको गृह मन्त्रालयले आइतबार गरेको छ।

सार्वजनिक पछिल्लो विवरणअनुसार भूकम्पबाट कम्तीमा दुई हजार १२२ जनाको मृत्यु भएको छ भने दुई हजार ४२१ जना घाइते भएका छन्।

मृत्यु हुनेमा अल हाउज प्रान्तमा एक हजार ३५१, तारौदान्त प्रान्तमा ४९२, चिचाउआमा २०१ र माराकेशमा १७ जना रहेका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार मोरक्कोका सेना र आपतकालीन सेवाहरू एटलस पर्वतीय क्षेत्रको सबैभन्दा बढी प्रभावित क्षेत्रमा पुग्न सङ्घर्ष गरिरहेका छन्।

यसअघि मराकेशका बासिन्दाले सिन्ह्वाका संवाददातालाई पराकम्पन अझै महसुस गर्न सकिने बताएका थिए।

विश्व स्वास्थ्य सङ्गठनको अनुमानअनुसार यो विपत्तिले मोरक्कोको प्राचिन शहर मराकेश र यसको बाहिरी इलाकामा तीन लाख भन्दा बढी मानिसहरूलाई प्रभावित भएका छन्। हताहत हुनेको सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ।

पर्यटकीय नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः११ बजे भएको ६.८ म्याग्निच्युडको भूकम्पको विनाश सबैभन्दा धेरै मराकेसमा नै भएको छ।

भदौ २५, २०८० सोमबार १४:५०:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।