नेपाल टेलिकमले ल्यायो ‘तीजको लहर टिकटक च्यालेन्ज’

नेपाल टेलिकमले ल्यायो ‘तीजको लहर टिकटक च्यालेन्ज’

काठमाडौं : नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ। 

टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए। 

नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिने उनले जानकारी दिए। 

सो च्यालेन्जमा भाद्र २४ गतेदेखि असोज ७ गतेसम्म सहभागी हुन सकिने प्रवक्ता अकिारीले जानकारी दिए। 

उनका अनुसार सो च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउने छन्। 

त्यसैगरी सान्त्वना पुरस्कारको रुपमा १० जना सहभागीलाई रु. ५०० को टप अप प्रदान गरिने छ। 

नेपाली महिलाहरुको महान चाड तीजलाई रमणीय बनाई नेपाल टेलिकमसँग जोडिन समेत प्रेरित गर्ने उद्देश्यले टिकटक च्यालेन्ज सञ्चालन गरिएको र यसबाट तीज पर्व थप उल्लासमय हुने कम्पनीको अपेक्षा छ।

भदौ २५, २०८० सोमबार १४:३६:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।