स्कुल ड्रेसमै १३ वर्षीया छात्राद्वारा आत्महत्या, विद्यालयका प्रिन्सिपल र सञ्चालक पक्राउ

स्कुल ड्रेसमै १३ वर्षीया छात्राद्वारा आत्महत्या, विद्यालयका प्रिन्सिपल र सञ्चालक पक्राउ

रुकुम पश्चिम : आत्महत्या दुरुत्साहन मुद्दा परेपछि चौरजहारी नगरपालिका–१ को पुरानो बजारमा सञ्चालनमा रहेको भ्याली पब्लिक बोर्डिङ स्कुलका प्रिन्सिपल र सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले प्रिन्सिपल पुष्पा भाट र सञ्चालक युडेन भण्डारीलाई आइतबार प्रक्राउ गरेको हो। सोही विद्यालयको कक्षा ८ मा अध्यनरत १३ वर्षीया सृष्टि गौतमको आत्महत्या दुरुत्साहन मुद्दामा उनीहरूलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताए।

शक्रबार १३ वर्षीया छात्रा गौतमलाई विद्यालयमा प्रिन्सिपल भाट र सञ्चालक भण्डारीको संलग्नतामा निर्धात कुटपिट भएपछि घर आएकी छात्राले विद्यालयको पोसाकमै झुण्डिएर अत्महत्या गरेको घरपरिवारको भनाइ छ।

पढाइलेखाइ भन्दा पनि घरायसी साथसङ्गतका कारण विद्यालयमा बालिकामाथि प्रिन्सिपलले निरन्तर यातना र तनाव दिएपछि ज्यान गुमाउन बाध्य पारिएको छात्राका परिवारले आरोप लगाएका छन्।

यस विषयमा अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ। मृतक छात्रा सोही नगरपालिका वडा नं १ लामिछाने गाउँकी हुन्।

भदौ २५, २०८० सोमबार १४:३५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।