ललिता निवास जग्गा प्रकरण : धरौटी बुझाउन नसक्दा नापी कार्यालय मैतीदेवीका तत्कालीन अमिन श्रेष्ठ कारागार चलान

ललिता निवास जग्गा प्रकरण : धरौटी बुझाउन नसक्दा नापी कार्यालय मैतीदेवीका तत्कालीन अमिन श्रेष्ठ कारागार चलान

काठमाडौं : ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा पक्राउ परेका नापी कार्यालय मैतीदेवी काठमाडौँका तत्कालीन अमिन अरूणकमार श्रेष्ठ कारागार चलान भएका छन्।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार ललिता निवास प्रकरणमा पक्राउ परेका १८ जनामध्ये १७ जनालाई धरौटीमा छाड्ने आदेश दिएको थियो भने केशव तुलाधरलाई साधारण तारिखमा छाडेको थियो।

आरोपीतमध्ये तत्कालिन अमिन श्रेष्ठ धरौटी बुझाउन नसकेपछि केन्द्रीय कारागार चलान भएका छन्।

उनलाई अदालतले सात लाख ५० हजार धरौटी माग गरेको थियो। तर, धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका हुन्। 

भदौ २५, २०८० सोमबार १२:२४:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।