बीपी साहित्य महोत्सवमा आज : ‘वीर गणेशमान’ चलचित्र प्रदर्शनदेखि बीपीले नपाएका १५ वर्षको समिक्षासम्म

बीपी साहित्य महोत्सवमा आज : ‘वीर गणेशमान’  चलचित्र प्रदर्शनदेखि बीपीले नपाएका १५ वर्षको समिक्षासम्म

काठमाडौं : नेपाली कांग्रेसले आयोजना गरेको ‘बीपी साहित्य सम्मेलन,२०८०’ अन्तर्गत आज दोस्रो दिनका विभिन्न कार्यक्रमहरू गरि माइदैँछ। कार्यक्रममा बिहान ९ बजे ‘वीर गणेशमान’ चलचित्र प्रस्तुत गरिएको छ। 

अहिले बिहान ११ बजेपछि एक घण्टा भारतका प्रख्यात प्राध्यापक आनन्दकुमारले ‘मार्क्स, गान्धी एन्ड बीपी क्वेस्ट फर डेमोक्रेटिक सोसलिज्म टुडे’ विषयमा सम्भाषण प्रस्तुत गर्दैछन्। 

यसैगरि, मध्यान्ह १२ बजेपछि कांग्रेस महामन्त्री गगन थापाको सहजीकरणमा विज्ञहरू हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले र मञ्चला झासँग ‘बीपीले नपाएको १५ वर्ष’ विषयमा विचार मन्थन गरिने छ।

दिउँसो २ बजेपछि भने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमन्त्री परराष्ट्रमन्त्रीद्धय डा. नारायण खड्का तथा प्रदीप ज्ञवाली र कूटनीतिज्ञ इन्द्र अधिकारीले ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी’ विषयसँग पत्रकार सुधीर शर्माले छलफल चलाउने बताइएको छ। 

अन्तिम प्रस्तुतिको रुपमा सोमबार आज साहित्यकारहरू बुद्धि सागर, रामलाल जोशी, सरस्वती प्रतीक्षा, सुविन भट्टराईले ‘युवा स्रष्टामा बीपी पठन’ विषयमा विचार विमर्श गर्ने छन्। 

बीपी कोइरालाको ११० औं जन्मोत्सवको अवसरमा कांग्रेस केन्द्रीय कार्यालय बीपी नगर सानेपा ललितपुरमा हिजोबाट सुरु भई भोली समापन हुने तीन दिने महोत्सवमा १५ शीर्षकमा विचार विमर्श हुने बताइएको छ। 

भदौ २५, २०८० सोमबार ११:१६:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।