जेन दिपिका ग्यारेट बनिन् एशियन पेन्ट्स मिस युनिभर्स नेपाल
काठमाडौं : एशियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३ को उपाधि जेन दिपिका ग्यारेटले जितेकी छन्।
काठमाडौंको गोदावरी सनराइज सम्मेलन केन्द्रमा शनिबार आयोजित फिनालेमा २१ प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनले यो उपाधि आफ्नो नाममा लेखाएकी हुन्।
प्रतियोगितामा गरिमा घिमिरे, बुद्धिसारा सुनार, शिताष्मा पोखरेल र अभिलाषा लम्सालले क्रमशः द्वितीय, तृतीय, चौथो र पाँचौ स्थान हात पारे।
साथै एशियन पेन्ट्सले प्रतियोगिताको अन्तिम चरणमा प्रदान गरेको रोयल ब्लिङ मिस ड्याजलिङ डिभाको टाइटल शिताष्मा पोखरेलले र रोयल प्ले मिस क्रियटिभ क्यानभासको टाइटल डा.अमिसा बस्नेतले जितेका छन्।
मिस युनिभर्स नेपाल २०२३ की विजेता जेन दिपिका ग्यारेटलाई एशियन पेन्ट्स नेपालका कन्ट्रि डाइरेक्टर गोपालकृष्णन्ले पुरस्कार प्रदान गरे।
मिस युनिभर्स नेपालसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै उनले भने, ‘मिस युनिभर्स नेपाल २०२३ को मुख्य प्रायोजक भएर हामीले केवल बाहिरी सौन्दर्यको नभइ आन्तरिक सिर्जना र स्टाइलको पनि उत्सव मनाउने लक्ष्य राखेका छौं।’
भदौ २५, २०८० सोमबार ११:०७:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।