नेपालगञ्जबाट २६ लाख नगदसहित राजस्व कार्यालयका अधिकृत पक्राउ

नेपालगञ्जबाट २६ लाख नगदसहित राजस्व कार्यालयका अधिकृत पक्राउ

काठमाडौं : बाँकेको नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित एक जना सरकारी कर्मचारीलाई पक्राउ गरेको छ। 

आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई उक्त रकमसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए।

विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलोमात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको डाँगीले बताए। 

उनिमाथि थप अनुसन्धान भइरहेको छ। 

भदौ २५, २०८० सोमबार १०:२५:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।