नेपाल सुपर लिग मंसिर ८ गतेदेखि, ९ टोलीले भिडन्त गर्ने

नेपाल सुपर लिग मंसिर ८ गतेदेखि, ९ टोलीले भिडन्त गर्ने

काठमाडौं : दोस्रो सिजनको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा ९ टोलीले भिडन्त गर्ने भएका छन्। एनएसएलको नयाँ सिजन आगामी मंसिर ८ गतेदेखि सुरु हुने भएको छ।

आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले आइतबार एनएसएलको खेल तालिका सार्वजनिक गरेको हो।

पहिलो संस्करणमा ७ टोली सहभागी रहेकोमा यसपटक १० टोलीले प्रतिस्पर्धा गर्ने तयारी थियो। तर विराटनगर सिटी एफसी नखेल्ने आयोजकले जनाएको छ।

भदौ २५, २०८० सोमबार ०९:४७:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।