अविरल वर्षापछि​​​​​​​ जयपृथ्वी र दशरथचन्द राजमार्ग अवरुद्ध

अविरल वर्षापछि​​​​​​​ जयपृथ्वी र दशरथचन्द राजमार्ग अवरुद्ध
फाइल फोटो

बैतडी : अविरल वर्षापछि जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ। आइतबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिकै सडक माथिबाट ठूलो ढुङ्गा खस्दा उक्त राजमार्ग अवरुद्ध भएको हो। 

उक्त ढुङ्गा फुटाल्न बझाङबाट ठूलो मेसिन मगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।

आइतबारदेखि उक्त राजमार्ग अवरुद्ध हुँदा बझाङबाट बाहिरिने र बझाङ जाने ठूला गाडी रोकिएका छन्।

यस्तै दशरथचन्द राजमार्ग पनि सतबाँझ–गोठलापानी सडकखण्डको गुरुखोला नजिक सडकमा रुख खस्दा अवरुद्ध भएको छ। गए राति खसेका चारवटा रुखले राजमार्ग अवरुद्ध पारेको प्रहरी निरीक्षक केसीले बताए।

भदौ २५, २०८० सोमबार ०९:२६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।