डबल मिनिङ जोक र कुराकानीले भरिभराउ बिक्कीको शो
काठमाडौं : डबल मिनिङका जोककै भरमा कार्यक्रम ‘आम्मा कसम् याँ दुख्छ’ चलाइरहेका बिक्की अग्रवाल शनिबारको एपिसोडमा पनि जमेरै लागे।
अतिथि ल्याए उस्तै, गायिका ज्योति मगर। अब बिक्कीलाई अरु के चाहिन्थ्यो र? बोलेपिच्छे डबल मिनिङका कुराले भरियो।
ज्योति मगरलाई कार्यक्रममा दोस्रो पटक बोलाइएको भन्दै बिक्कीले आफूले लगाएको कोटले ज्योतिलाई लगाइदिए। कोट लगाइदिएपछि ज्यातिले भन्छिन्, ‘बिहे गरेपछि अझै पनि तिमीलाई प्रब्लम छ।’
ज्योतिलाई जवाफ दिँदै बिक्की भन्छन्, ‘हामीलाई केहि आपत्ति छैन, दर्शकलाई छ। हाम्रो पारिवारिक अडियन्स छ, मेरो वाइफ ऊ त्यहाँ छ।’
ज्योति मगरलाई यस्ता कुराले के छुन्थ्यो र? उनले थपिहालिन्, ‘म छु, मेरो ब्वाइफ्रेण्डहरू त्यतैतिर हुनुहुन्छ। त्यो पनि परिवारभित्र पर्छ नि!’
उनीरूको कुराकानीले दर्शकलाई त्यतिकै हाँसो छुटाउँछ। बिक्कीका अनुसार यो कार्यक्रम पाहुनालाई रोस्ट हान्ने पहिलो हो। तर यहाँ त उनैले रोस्ट खाइरहेका छन्।
बिक्कीले ज्योतिलाई आजभोली के गर्दै हुनुहुन्छ भनेर प्रश्न राख्छन्। ज्योतिले गर्नुपर्ने चिजहरू सबै गरिराछु, तिमीलाई के सुन्न मन छ भन्दै मुर्छा परेर हाँस्छिन्।
यतिकैमा फेरि डबल मिनिङले भरिएको प्रश्न राख्छन् बिक्की। ‘तपाईंले गरेको मलाई हेर्न मन छ’ भनेर बिक्की केहि छिन अडिन्छन् र थप्छन्, ‘रेकर्डिङ, मेरो मतलब गीत रेकर्डिङहरू।’
उनले कुरा घुमाएर ज्योतिलाई सिजन वान र टुमा के डिफ्रेन्स पाउनुभयो भन्ने प्रश्न सोध्छन्। यसमा ज्योतिले वरिपरी हेर्छिन् र भन्छिन्, ‘अरु सबै ठिकै छ भाइको अलि लामो भएछ के?’ यति भनेपछि सबै हाँस्छन् र फेरि बिस्तारै थप्छिन्, ‘कपाल।’
कार्यक्रम पूरै डबल मिनिङले भरिएको देखिन्छ। यसअघिका अधिकांश गेष्टसँग पनि बिक्कीले डबल मिनिङकै जोक र कुरा गरेर हँसाउने प्रयास गरेका थिए। उनको कार्यक्रमको नामअनुसार टेलिभिजन शो देखिँदैन।
कार्यक्रमभरि प्रौढ नेतादेखि कलाकार ल्याएर सेक्सको कुरा गर्ने कार्यक्रम कसरी रोस्ट शो? यहि अचम्म छ। कार्यक्रमको स्तरअनुसार गेस्ट नपाउने दुःख एकातिर भयो तर गेस्ट पाएपछि त दाबी गरेअनुसार रोस्ट गर्नु भन्ने कुरा हो।
भदौ २४, २०८० आइतबार १८:३८:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।