एसिया कप : भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रोकियो
काठमाडौं : जारी एसिया कप क्रिकेट अन्तर्गत ‘सुपर फोर’ मा भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रोकिएको छ।
श्रीलङ्काको कोलम्बोमा भइरहेको खेल वर्षाका कारण रोकिएको हो। वर्षा शुरु हुनुभन्दा अघिसम्म भारतले २४ ओभर १ बलमा २ विकेट गुमाएर १ सय ४७ रन बनाएको छ।
भारतका कप्तान रोहित शर्मा ५६, शुमभन गिल ५८ रन बनाएर आउट भए। अहिले क्रिजमा विराट कोहली र केएल राहुल छन् ।
आजको खेल वर्षाले प्रभावित हुन सक्ने अवस्थामा ’रिजर्भ डे’ राखिएको छ ।
भदौ २४, २०८० आइतबार १७:३१:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।