पुँजीपति खोजेर अर्बाैँ लगानी गर्ने बैंकहरूले गरिबलाई अझै ऋण दिएका छैनन् : ओली

पुँजीपति खोजेर अर्बाैँ लगानी गर्ने बैंकहरूले गरिबलाई अझै ऋण दिएका छैनन् : ओली
फाईल फोटो

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले बैंकहरूले गरिबका लागि ऋण प्रवाह नगरेको बताएका छन्। 

आइतबँर पार्टीके केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागमा आयोजित कार्यक्रममा बोलदै उनले ठूला पुँजीपतिहरूलाई खोजेर अर्बाैँ लगानी गर्ने बैंकहरूले गरिबलाई अझै पनि ऋण नदिएको बताए। 

उनले साना बैंक तथा वित्तीय संस्थाले बाख्रापालनजस्ता व्यवसायका लागि दिएको लगानी पनि मुनाफा नभएपछि डुब्ने गरेको बताए। 

गरिबलाई पनि बैंकहरूले कुनै व्यवसाय गर्नका लागि ’सिड मनी’ को रूपमा ऋण प्रवाह गर्नुपर्ने उनको भनाई छ। । 

‘बैंकहरूले ठूलाठूला पुँजीपति खोजेर लगानी गर्छ, साँच्चै जसलाई ऋण चाहिएको छ उसकहाँ बैंकको ऋण पुग्दै पुग्दैन। जो अर्बपति छ, उसँग मात्रै ऋण पुग्छ । ठूलाकोमा ऋण नपुगोस् भन्ने होइन । तर गरिबकोमा पनि पुग्नुपर्छ।’, उनले भने। 

भदौ २४, २०८० आइतबार १७:२३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।