पोखरा–जोमसोम उडान पुनः सुचारु, तारा एयरले उडान गर्ने

पोखरा–जोमसोम उडान पुनः सुचारु, तारा एयरले उडान गर्ने
फाईल फोटो

काठमाडौं : प्रतिकुल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम उडान पुनः सुचारु हुने भएको छ।

मौसम अनुकुल हुन थालेसँगै सोमबारदेखि तारा एयरले नियमित उडान गर्ने भएको हो। 

हालका लागि मौसम अनुकुल भए दैनिक ५ वटा उडान गर्ने गरि तालिका मिलाईएको कम्पनीले जनाएको छ।

तारा एयरको उडान पोखराको पुरानो विमानस्थलबाट हुने गरेको छ। 

जोमसोमको नियमित उडानका लागि तारा एयरले एउटा विमान पोखरामै रात्रि बिसान गर्ने भएको छ। 

मुस्ताङ जिल्लामा अवस्थित जोमसोम विमानस्थल समुन्द्री सतहबाट २७३६ मिटर उचाईमा रहेको छ। यो विमानस्थलको लम्बाई ७३९ मिटर रहेको छ।

भदौ २४, २०८० आइतबार १७:०४:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।