ललिता निवास जग्गा प्रकरण : १७ जनासँग धरौटी माग, एक सामान्य तारेखमा छुटे

ललिता निवास जग्गा प्रकरण :  १७ जनासँग धरौटी माग, एक सामान्य तारेखमा छुटे

काठमाडौं : ललिता निवास प्रकरणमा पक्राउ परेका १७ प्रतिवादीलाई धरौटीमा छाड्ने आदेश गरेको छ।

काठमाडौं जिल्ला अदालतका न्यायधीश भोलानाथ ढकालको इजलासले १७ जनासँग धरौटी माग्ने र एक जनालाई साधारण तारेखमा छाड्ने आदेश गरेको छ।

भाटभटेनी सुपर मार्केटका सन्चालक मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी माग्न आदेश दिएको छ।

धरौटी बुझाउन नसके उनिहरुले थुनामै बस्नुपर्ने छ। धरौटी बुभाएपछि मात्र प्रतिवादीहरुलाई छोडिने काठमाडौं जिल्ला अदालतले जानकारी दिएको छ।  

बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो ।

अनुसन्धानबाट ललिता निवासको १४३ रोपनीभन्दा बढी जग्गा हिनामिना भएको र ती जग्गाहरू केही संस्था र झन्डै छ दर्जन व्यक्तिको नाममा रहेको खुलेको थियो।

भदौ २४, २०८० आइतबार १६:३५:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।