जातीय र धार्मिक द्वन्द्व नफैलाउन प्रचण्डको आग्रह

जातीय र धार्मिक द्वन्द्व नफैलाउन प्रचण्डको आग्रह

काठमाडौं : प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय र धार्मिक द्वन्द्व नफैलाउन आग्रह गरेका छन्। 

हेटौँडामा आयोजित समाजवादी मोर्चा नेपाल बाग्मती प्रदेशस्तरीय सन्देशसभालाई सम्बोधन गर्दे उनले जनयुद्धमा जातीय र धार्मिक द्वन्द्व कतै नभएको उल्लेख गरे। 

‘हामीले जनआन्दोलन गर्दा कहिल्यै पनि जातीय र धार्मिक द्वन्द्व भएन तर अब पनि हामी यस्तो कदापि हुन दिने छैनौँ’, उनले भने। 

सङ्घीयता र समावेशीताका पक्षमा लड्नका लागि मोर्चा गठन भएको उनको भनाइ छ।

सरकारले भ्रष्टाचारविरुद्ध र सुशासन, सामाजिक न्यायको अभियान शुरु गरेपछि चौतर्फी आक्रमण शुरु भएको पनि प्रचण्डले दाबी गरे। 

भदौ २४, २०८० आइतबार १६:२५:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।