१० लाख भारुसहित विराटनगरबाट भारतीय नागरिक पक्राउ

१० लाख भारुसहित विराटनगरबाट भारतीय नागरिक पक्राउ

काठमाडौं : अवैध भारतीय रकमसहित विराटनगरबाट प्रहरीले आइतबार एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय रानी सीमाको टोलीले भारत बिहारको खगडीया गाउँ पञ्चायत महेशखुटका ३२ वर्षीय चन्दनकुमार यादवलाई पक्राउ गरेको जानकारी दिएको छ। 

यादवलाई विराटनगर महानगरपालिका–१६ दक्षिण गेटबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए।  उनका अनुसार पक्राउ परेकाको साथबाट १० लाख ५० हजार भारतीय रूपैयाँ बरामद भएको छ। 

नेपालमा प्रयोगमा प्रतिबन्ध रहेको नोटसहित पक्राउ परेका यादवमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। 

भदौ २४, २०८० आइतबार १५:२४:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।