एसिया कप : पाकिस्तानले टस जितेर बलिङ रोज्यो, भारतीय टोलीमा फर्किए बुमराह र राहुल

एसिया कप : पाकिस्तानले टस जितेर बलिङ रोज्यो, भारतीय टोलीमा फर्किए बुमराह र राहुल

काठमाडौं : एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गत भारतसँगको खेलमा पाकिस्तानले टस जितेको छ।

श्रीलङ्काको कोलम्बोमा टस जितेर पाकिस्तानका कप्तान बाबर आजमले पहिला बलिङ गर्ने निर्णय गरेका छन्। भारतले केहीबेरमा ब्याटिङ थाल्नेछ।

भारत र पाकिस्तानबीच यो प्रतियोगितामा दोस्रो खेल हुनेछ। पाकिस्तानले ’सुपर फोर’ को पहिलो खेलमा बङ्लादेशलाई ७ विकेटले हराएको थियो। भारतले ’सुपर फोर’ को पहिलो खेल खेल्न लागेको हो।

भारतले टोलीमा दुई परिवर्तन गरेको छ। लोकेश राहुल ६ महिनापछि टोलीमा फर्किएका छन्। यस्तै मोहम्मद शमीको ठाँउमा बुमराहलाई टोलीमा समावेश गरेको छ। 

आजको खेल वर्षाले प्रभावित हुन सक्ने अवस्थामा ’रिजर्भ डे’ राखिएको छ। आज खेल पूरा हुन नसकेमा भोलि हुनेछ। सुपर फोरमा भारत, पाकिस्तान, श्रीलङ्का र बङ्लादेश छन्।

भदौ २४, २०८० आइतबार १५:१२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।