ललिता निवास जग्गा प्रकरण : थुनछेक बहस सकियो, आजै आदेश आउने

ललिता निवास जग्गा प्रकरण : थुनछेक बहस सकियो, आजै आदेश आउने

काठमाडौं : काठमाडौँ जिल्ला अदालतमा ललिता निवास प्रकरणको मुद्दामा थुनछेक बहस सकिएको छ।

न्यायाधीश भोलानाथ ढकालको इजलासमा थुनछेक बहस सकिएको हो। पक्राउ परेका १८ जना प्रतिवादीका तर्फबाट र सरकारी वकिलको तर्फबाट कानून व्यवसायीले बहस गरेका हुन्।

बहस सकिएसँगै आजै प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्नेबारे आदेश आउने सम्भावना छ। 

अनुसन्धानबाट ललिता निवासको १४३ रोपनीभन्दा बढी जग्गा हिनामिना भएको र ती जग्गाहरू केही संस्था र झन्डै छ दर्जन व्यक्तिको नाममा रहेको खुलेको थियो। 

भदौ २४, २०८० आइतबार १४:४९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।