बीपी साहित्य महोत्सव २०८० : सभापति देउवा र साहित्यकार अभि सुवेदीले के बोले?

बीपी साहित्य महोत्सव २०८० : सभापति देउवा र साहित्यकार अभि सुवेदीले के बोले?

काठमाडौं : नेपाली कांग्रेसले बीपी साहित्य महोत्सव सुरू गरेको छ। पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वश्वेरप्रसाद कोइरालाको ११० औं जन्मजयन्तीका अवसरमा तीन दिनसम्म चल्ने बिपी साहित्य महोत्सव, २०८० आइतबारदेखि सुरु भएको हो। 

बिपी कोइरालाको ११० औ जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजनामा यही भदौ २६ गतेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘बिपी साहित्य महोत्सव’ आयोजना गरिएको छ। नेपाली कांग्रेसले हरेक बर्ष भदौ २४ गतेलाई हरेक वर्ष विपी जन्मजयन्तीका रूपमा मनाउँदै आएको छ।

आज पहिलो दिन महोत्सवको उद्घाटन पार्टी सभापती एवम पूर्वप्रधानमन्त्री शेर बहादुर दउवाले बेलुन उडाएर गरे। तामभाmमका साथ सुरु गरिएको महोत्सको सुरुमा स्वागत मन्तव्य राख्दै उनले वीपी कोइरालाले देखाएको सुशासनको मार्गमा आफु र आफनो पार्टी हिँडिरहेको बताए।

उनले वीपीलाई सम्झिदै भने,‘ सबै किसिमको विभेदविरुद्ध आगो ओकल्ने बीपी बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो, मेरो राजनीतिको प्रेरणास्रोत पनि उँहा नै हो।’

त्यसपछि वीपीको साहित्य सिर्जना र दर्शनबारे विश्लेषण गर्न उद्घोषकले डाँके नेपाली साहित्यको क्षितिजलाई फराकिलो बनाउन प्रभावशाली भुमिकामा रहेका र विगत तीन दशकदेखि वीपीको बारेमा लेख्दै र बोल्दै आएका साहित्यकार एवम प्राधाध्यपक अभि सुवेदीलाई।  

सुरुमै सुवेदीले काङ्ग्रेस महामन्त्रीहरु र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नो विद्यार्थी रहेको बताउदै अहिलेका महामन्त्रीहरुले वीपीको सपनाहरु पुरा गर्नेमा आफु विश्वस्त रहेको बताए।  

उनले वीपीले साहित्यलाई हेर्ने दृष्टिकोण निकै सुक्ष्म रहेको सम्झिए। उनको अध्ययन र लेखनको क्षेत्र फराकिलो रहेको बताउँदै उनले विश्वका विभिन्न साहित्यकार र साहित्य खेलेनको विश्णेषण गरेको बताए। 

वीपीले साहित्य र राजनीतिलाई दौँतरी जस्तै मानेपनि यी बिषय आफैँमा फरक ठान्ने गरेको सुवेदीको भनाई थियो।

वीपीले जिवनको विभिन्न कालखण्डमा लेखेका साहित्यिक लेखहरु बताउँदै उनले विष्लेशण गरेका थिए। 

अहिले महोत्सवमा पार्टीका नेता कार्यकर्ताहरुबीच वीपी साहित्य र राजनीति दर्शनबारे प्रश्नोत्तर चलिरहेको छ।

भदौ २४, २०८० आइतबार १४:४४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।