अख्तियारमा परेको उजुरीप्रति राजनीतिशास्त्र केन्द्रीय विभागको गम्भिर ध्यानकषर्ण

अख्तियारमा परेको उजुरीप्रति राजनीतिशास्त्र केन्द्रीय विभागको गम्भिर ध्यानकषर्ण

काठमाडौं : त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्र केन्द्रीय विभागले अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी सम्बन्धि विभागको गम्भिर ध्यानाकर्षण भएको बताएको छ। 

विभागका प्रमुख ईश्वरीप्रसाद कँडेलले एक प्रेस विज्ञप्ती जारी गर्दै अख्तियारमा परेको बेनामे उजुरी र त्यसमा लगाइएको आरोप पुष्टि भए आफु जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएका छन्। 

विगत २७ वर्ष देखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापकको भुमिकामा रहदा आफुले इमान्दारपूर्वक आफ्नो कर्तव्य पुरा गर्दै आएको उनको भनाइ छ।

‘अख्तियारमा परेको बेनामी उजुरी मात्र होइन, पुरै सेवा अवधिमा मैले प्राज्ञिक उन्नयन, अध्ययन अनुसन्धान र त्रिविको प्रचलित नियम, कानून र आचार संहिता भित्र रहेर प्राप्त जिम्मेवारी र कर्तव्य निर्वाह गर्दै आएको छु।’ उनले भने।

उकेराले गएको साउन १२ गते ‘प्रति विद्यार्थी एक लाख रूपैयाँ लिएर त्रिविको प्रश्नपत्र आउट गरेको भन्दै अख्तियारमा उजुरी’ शिर्षकमा समाचार प्रकाशन गरेको थियो। 

यस्तै, भदौं १९ गते ‘फेल भएका विद्यार्थीलाई पैसा लिएर पास गराएको भन्दै राजनीति शास्त्र केन्द्रीय विभाग प्रमुखविरुद्व अख्तियारमा उजुरी’ शिर्षकको  समाचार प्रकाशित  भएको थियो।

भदौ २४, २०८० आइतबार १३:०३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।