वीपीको समाजवाद व्यवहारमा लागू गर्न सकेनौँ : शेखर कोइराला

वीपीको समाजवाद व्यवहारमा लागू गर्न सकेनौँ : शेखर कोइराला
फाईल फोटो

काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोईरालाले वीपीको समाजवाद व्यवहारमा लागू हुन नसकेको बताएका छन्।  

११० औं वीपी जयन्तीको अवसरमा चितवनमा आयो ११० औं वीपी जयन्तीको अवसरमा वीपीको शालिक अनावरण तथा वृक्षारोपण कार्यक्रम कार्यक्रममा बोल्दै कोइरालाले वीपीले भने जस्तो गरीब असाहय र समाजमा पछाडि परेकालाई  शिक्षा, स्वास्थ्य र रोजगारको व्यवस्था हुन नसकेको र  वीपीको समाजवाद पनि व्यवहारमा लागू हुन नसकेको बताए।

नेता कोइरालाले लोकतन्त्रमा अराजकता नभइ भ्रष्टाचारबिरुद्ध शुन्य सहनसिलता आवश्यक रहेको र पारदर्शीता तथा जवाफदेहीता लोकतन्त्रको मूलभूत सिद्धान्त रहेको जिकिर गरे।

अहिले कांग्रेस यो कुराबाट कतै बिचलित भएको हो कि भन्ने आफूलाई लागेको उनको भनाइ छ।

भदौ २४, २०८० आइतबार १२:२३:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।