बालिका मृत्यु प्रकरणमा मन्त्री बस्नेत भन्छन् : जानाजान कसैले गल्ती गरेको भए कारबाही हुन्छ

बालिका मृत्यु प्रकरणमा मन्त्री बस्नेत भन्छन् : जानाजान कसैले गल्ती गरेको भए कारबाही हुन्छ

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा एक बालिका मृत्यु प्रकरणमा जानाजान कसैले गल्ती गरेको भए दोषीमाथि कारबाही हुने बताएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले केही दिन पहिले कान्ति बाल अस्पतालमा पाँच वर्षीय बालिका रेजिशा गोपालीको समयमा उपचार नपाउँदा मृत्यु भएको घटनाका दोषीमाथि कारबाही हुने बताए।

इजिप्टको राजधानी कायरोमा आयोजित जनसंख्या स्वास्थ्य तथा विकास सम्मेलनमा भाग लिएर मन्त्री बस्नेत आइतबार स्वदेश फर्किएका हुन्।

‘उक्त घटना भएको समय म बाहिर भए पनि चासोका साथ हेरेको छु। मैले इजिप्टबाट नै सचिवज्यूलाई फोन गरेर छानबिन समिति बनाउन निर्देशन दिएको थिएँ। जानाजान केही गल्ती भएको छ भने कारबाही हुन्छ,’ उनले भने।

भदौ २४, २०८० आइतबार १२:२०:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।